विश्वकप फुटबलको छनौट चरणका खेलहरु सुरु

२८ कार्तिक। ब्राजिलमा अर्को वर्ष हुने विश्वकप फुटबल छनौट चरण अन्तर्गतका प्ले अफ खेलहरु सुरु भएका छन् ।

प्ले अफ अन्तर्गत बुधबार राति सम्पन्न पहिलो लेगका खेलहरुमा युरुग्वे र मेक्सिकोले फराकिलो जीत हात पारेका छन् । जोर्डनमा भएको खेलमा पाहुना टोली युरुग्वे ५–० को फराकिलो अन्तरले विजयी भयो ।


हारपछि जोर्डनको विश्वकपमा छनौट हुने संभावना लगभग सकिएको छ भने युरुग्वे विश्वकप नजिक पुगेको छ । दक्षिण अमेरीकी समुहको छनौटमा पाँचौ स्थानमा आएको युरुग्वेले एशीयाली समुहको छनौटमा तेस्रो भएका दुई टोलीविचको विजेतासँग प्ले अफ खेलेको हो ।

विश्वकप छनौटकै अर्को प्ले अफ खेलमा मेक्सिकोले न्युजील्याण्डलाई ५(१ ले हराएको छ । मध्य तथा उत्तर अमेरीकी समुह कोन्काकाफको छनौटमा चौथो स्थानमा आएको टोली मेक्सीकोले ओसीयाना समुहको छनौट विजेता टोली न्युजिल्याण्डसँग अन्तिम प्ले अफ खेलेको हो । यी दुई प्ले अफ अन्तर्गतको दोस्रो लेगका खेलहरुपछि समग्रमा विजेता टोलीले विश्वकपको टिकट काट्नेछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...