तिहारको चौथो दिन गोवर्धन पूजा

१८ कार्तिक । यमपञ्चकको चौथो दिन आज देशभर परम्पराअनुसार गोवर्धन पूजा गरिँदैछ ।

आ–आफ्नो आँगनमा लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीकका रूपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ ।
यसैगरी वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ ।

यस्तै नेवार समुदायमा भने आज साँझ परिवारका सबै व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा महत्वपूर्ण आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...