पाकिस्तानी पूर्व सैनिक शासक मुशर्रफ जमानतमा रिहा

२२ कार्तिक । पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुशर्रफ जमानतमा रिहा भएका छन् ।

चौबीसै घण्टा प्रहरी निगरानीमा रहने उनले देश भने छाड्न पाउने छैनन् । हत्याको आरोपमा महिनौंदेखि आफ्नै घरमा नजरबन्दमा राखिएका मुशर्रफ जमानत मिलेपछि रिहा गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुसर्रफमाथि सन् २००६ मा बलुचिस्तानका विद्रोही नेता नबाज अक्बर बुग्टीको हत्या र सन् २००७ मा पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्या लगायतका आरोप लागेको छ । मुशर्रफ चार वर्षको स्वनिर्वासनबाट गत अप्रिलमा स्वदेश फर्के लगत्तै घरमै नजरबन्दमा राखिएको थियो । मुसर्रफले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...