संविधानसभा चुनावका लागि चार दिन सार्वजनिक विदा

२५ कार्तिक । सरकारले संविधानसभा चुनावका लागि चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा सोमबार बसेको बैठकले संविधानसभा निर्वाचनका लागि मंसिर दुई गते देखि पाँच गतेसम्म चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर अत्यावश्यकिय सेवा प्रदान गर्ने कार्यालयहरु भने मंसिर २ र ३ गते खुल्ला राख्ने निर्णय गरेको छ । बैठकले मंसिर १ गतेदेखि लागु हुने गरी प्रहरी अतिरिक्त महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले महान्यायाधिवक्ताको कार्यालय मातहतमा रहने गरी विशेष सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
काठमाडौ उपत्यका ढल ब्यवस्थापन आयोजना कार्यान्वयनका लागि अन्तराष्ट्रिय बिकासका लागि ओपेक कोषले दिएको एक अर्ब ५६ करोड ८८ लाख रुपैंयाँ लिने निर्णय बैठकले गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...