छठमा ब्रतालुहरु ३६ घण्टे निर्जल उपवास बस्दै

२१ कार्तिक । तराई क्षेत्रको महान् पर्व छठको दोस्रो दिन विहीबार खरना मनाइँदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पूजाअन्तर्गत विहीबारको दिनलाई ‘खरना’ भनिन्छ । यस दिन व्रतालुहरु दिनभर निर्जल उपवास बसी साँझ कुल देवता स्थापना गरेको पूजाकोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाएर खीर र पुरी ग्रहण गर्छन् । ‘खरना’को एकछाके पवित्र भोजनपछि व्रतालुहरु निरन्तर ३६ घण्टासम्म निर्जल उपवास बस्छन् । व्रतालुहरूले भोलि नजिकको नदी, तलाउ, पोखरीमा जम्मा भई अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गर्नेछन् । भोलि रातभर जाग्राम बसी पर्सि उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । विशेष गरी महिलाहरुले उपासना बसेर सूर्यको पूजा गर्ने यो पर्वमा पुरुषको भूमिका सहयोगीको मात्रै हुन्छ । हिन्दु ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तबासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्य देवलाई आराधना गरेका थिए । त्यस्तै, सूर्यनारायण अत्रि मुनिकी पत्नी अनुसुयाले छठ व्रतको प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेपछि छठ परम्पराको सुरुवात भएको जनविश्वास छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...