तिहार सकिएसंगै छठको तयारी शुरु

२० कार्तिक । तिहार सकिएसँगै छठको तयारी सुरु भएको छ ।

विशेष गरी तराईमा धुमधामका साथ मनाइने छठको तयारी सुरु भएको हो । छठका लागि वीरगञ्जका जलाशयको सरसफाइ गर्न थालिएको छ । वीरगञ्जका घडीअर्वा, रानीघाट, मुर्ली, नगवा, छपकैया, भिस्वा लगायतका स्थानमा रहेका छठघाटमा सरसफाइ र सजावटका कामलाई तीव्र पारिएको छ । छठ पूजा व्यवस्थापन समितिले वीरगञ्जमा यसपटक तयारीका लागि १२ लाख रुपैयाँ खर्च हुने जनाएको छ । यसवर्षको छठ पर्वको मुख्य दिन कात्तिक २२ र २३ गते परेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...