ममता झाबाट अनिश्चितकालीन अनशन शुरु

२० कार्तिक । सरकारी नीतिका कारण साझा प्रकाशनमा खराब असर पुगेको भन्दै प्रकाशनकी महाप्रबन्धक ममता झाले अनिश्चितकालीन अनशन शुरु गर्नुभएको छ ।

सरकारले पुर्वाञ्चल र पश्चिमाञ्चलका ३२ जिल्लामा नीजी क्षेत्रलाई पाठ्यक्रम उत्पादन र वितरण गर्ने नीति गलत भएको लगायतका पाँच बुँदे माग राख्दै महाप्रबन्धक झाले अनशन शुरु गर्नुभएको हो । पाठ्यक्रम विकास केन्द्रले उत्पादन गरेका पुस्तकहरु निशुल्क रुपमा साझालाई उपलब्ध गराई छापाई तथा बिक्रीको जिम्माका लागि सरकारले नीति बनाउनुपर्ने झाले बताउनुभयो । झाले समावेशी साहित्यिक पुस्तक छाप्नकालागि राज्यले पाँच करोड बजेटको पनि माग गर्नुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...