बैद्यले नेपाली जनतालाई धोका दिएः उपसभापति पौडेल

२८ कार्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोहन वैद्यले नेपाली जनतालाइ गंभिर धोका दिएको आरोप लगाउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगर स्थित कोइराला निवासमा बुधबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उपसभापति पौडेलले पहिला संविधानसभाको माग राखेर आन्दोलन गर्ने मोहन वैद्यहरू आज संविधानसभाको निर्वाचन बहिष्कारका नाममा नेपाली जनतालाई धोका दिइरहेको बताउनुभयो ।
नेकपा– माओवादीले नेपालमा संविधानसभा नचाहेको आरोप लगाउँदै उहांले निर्वाचन बहिष्कारका नाममा दुःख दिए नेपाली जनताले उनीहरूलाई ठीक लगाउने उल्लेख गर्नुभयो ।
उहाले मोहन वैद्य नेतृत्वको मोर्चालाई मन्त्रिपरिषद्बाट मनोनीत गरिने २६ सिट दिने अधिकार कसैलाई नभएको बताउनुभयो ।
संविधानसभाको २६ सिट देशका सम्मानित नागरिक र कानुनका विज्ञहरूलाई दिइने हो, भन्नुहुदै उहांले कसैले आन्दोलन गरेकै भरमा उपहारका रुपमा सिट दिन नसकिने बताउनुभयो ।
नेकपा–माओवादीले जनताका लागि राजनीति गरेका हुन् भने जनतामाझ जान डराउन नहुने उहाँको सुझाव थियो ।
“तर आफ्नो जनाधार नभएपछि निर्वाचन हुन दिँदैनौं भन्नु जनताको अधिकारमाथि खेलवाड गर्नु हो,” पौडेलले भन्नुभयो ।

उपसभापति पौडेलले कांग्रेसको जितले मात्रै सबै धर्म, संस्कृति, जातजातिको अधिकार सुनिश्चित हुने स्पष्ट पार्दै कांग्रेसलाइ दोश्रो संविधानसभाको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गर्नँ आग्रह समेत गर्नुभयो ।
उहाँले कांग्रेस जनतालाई धर्म, संस्कृति र जातका नाममा जनतालाई विभाजित गर्ने होइन जोड्ने राजनीति गर्ने भएकाले कांग्रेसले हारे देशले नै हार्ने बताउनुभयो ।
उहांले कांग्रेस कमजोर हुँदा मुलुकको प्रजातन्त्र र राष्ट्रियता कमजोर हुने दाबी गर्नुभयो ।
एक प्रश्नमा उपसभापति पौडेलले पञ्चायतकालमा वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरूले वीपीको तस्बिर राखेर चुनावी प्रचार गर्नु हाँस्यास्पद भएको टिप्पणी गर्दै वीपीको आदर्श र सिद्धान्त मिलेको भन्दै राप्रपा नेपालले वीपीको तस्बिर राखेर चुनाव प्रचार नगर्न चेतवानी दिनुभयो ।
“वीपीको नाम भजाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गराउने षड्यन्त्रमा दरबारिया तत्व लागिरहेको छ, त्यस्ता तत्वलाई परास्त गर्न नेपाली कांग्रेसका आमकार्यकर्तालाई म आग्रह गर्दछु” पौडेलले भन्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...