बालकृष्ण ढुंगेल र उषा शाहको उम्मेदवारी रद्द
२० कार्तिक । निर्वाचन आयोगले एकीकृत माओवादीले समानुपातिकतर्फ उम्मेदवार बनाएका बालकृष्ण ढुंगेल र उषा साह फकिरको उम्मेदवारी रद्द गरेको छ ।
खारेजी गरिएका उम्मेदवारका ठाउँमा राजनीतिक दलले अब अर्को उम्मेद्वार दिन पाउने छैनन् । आयोगले गरेको छानविनमा विभिन्न दलले सभानुपातिक तर्फ उम्मेदवार बनाएका ८३ जना मतदाता नामावलीमा नामै नभएका भेटिएका छन् । यस्तै उमेर नपुगेका एक सय ४८ जना, प्रत्यक्ष र समाननुपातिक निर्वाचन प्रणलीमा दोहोरो उम्मेदवारी दिएका १९ जना र एकै व्यक्तिलाई बेग्लाबेग्लै पार्टीले उम्मेद्वार बनाइएका ८२ जना भेटिएका छन् ।
आयोगले कुल तीन सय ८३ जनाकै सम्बन्धमा सम्बन्धीत दललाई आउँदो २४ गतेभित्र आफ्नो भनाइ पेश गर्न पत्राचार गरेको छ । यस्तै आयोगले विभिन्न राजनीतिक दलका नेताहरुले विभिन्न जिल्लाका चुनावी प्रचारका लागि निवेदन हालेकोमा आयोगले अनुमति प्रदान गरेको छ ।
यस्तै आयोगले यसअघि रातोपाटी डटकमलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण लिएमा उसले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएको आयोगले जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses