तिहारको तेस्रो दिन: लक्ष्मी पूजा
१७ कार्तिक । आइतबार कार्तिककृष्ण औंशी, तिहारको तेस्रो दिन, हिन्दू नेपालीहरुले लक्ष्मीपूजा गरि तिहार मनाउँदैछन् ।
गोबरले लिपेर मूल ढोकाबाट रातो माटोको बाटो र चामलको पीठोले लक्ष्मीको पाइला बनाई ढुकुटीसम्म लगी पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजालाई दीपावली र सुखरात्री पनि भनिन्छ । लक्ष्मीपूजा गरिसकेपछि साँझ युवतीहरूले घरघरमा गई भैलो खेल्ने चलन छ ।
0 comments
Write Down Your Responses