म्यान्चेस्टर युनाईटेडसँग आर्सनल पराजित

२५ कार्तिक । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा खेलेको म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रविन भान पर्सीले २७ औं मिनेटमा निर्णयक गोल गरे ।

गएरातीको अर्को खेलमा दावेदार म्यान्चेस्टर सिटी पनि पराजित भएको छ । सिटीलाई सन्डरल्याण्डले १-० ले हराएको हो । यसैगरी न्युकासल युनाईटेडले टोटनह्याम हट्सपरलाई १-० ले हराँउदा स्टोक सिटीले स्वान्सी सिटीसँग ३-३ गोलको बराबरी खेलेको छ ।

यो हप्ताका खेलहरुपछि इंग्लीश प्रिमियर लिगको अंक तालिकामा आर्सनल ११ खेलबाट २५ अंकसहित शिर्ष स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने २२ अंकसहित साउथह्याम्पटन तेस्रो तथा २१ अंकसहित चेल्सी चौथो स्थानमा छ । लिग लिडर आर्सनललाई हराएको म्यान्चेस्टर युनाईटेड २० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...