छठको महत्वपूर्ण दिन आज, तराईमा रमझम

२२ कार्तिक । शुक्रबार मिथिलाञ्चलको महत्वपूर्ण पर्व– छठको तेस्रो दिन । तराईका साथै काठमाडौंमा रहेका तराइबासीले साँझ अस्ताउँदो सूर्यको पूजा गरी यो पर्व धूमधामका साथ मनाउँदैन् ।

शुक्रबार दिनभर ब्रत बसी साँझ पोखरी, तलाउ र नदीमा गएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठी माताको पूजा गर्ने चलन छ । यो पर्वका धेरै नियम र निष्ठा छन् । शुद्ध मनले व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ । विशेषगरी मिथिलाञ्चलमा प्रमुख पर्वका रूपमा मनाइने यो पर्व पछिल्लो समयमा काठमाडौंलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

शुक्रबार राति भक्तजन जलाशय किनारमै प्रसादको सुरक्षाका लागि छठ माताको पूजाआराधना गरी गीत गाउँदै जाग्राम बस्ने गर्दछन् । भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुनेछ । छठको महत्वपूर्ण दिन षष्ठी भएपनि तिथिका घटबढका कारण शुक्रबार पञ्चमीकै दिन छठ मनाइन लागिएको हो । यसैबीच सरकारले छठको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । विहीबार बसको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...