जिल्ला कारागार दमौली टेलिफोन विहीन

१८ कार्तिक । जिल्ला कारागार दमौली तीन वर्ष यता टेलिफोन सेवा विहिन भएको छ ।

कारागारले ३ लाख बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले टेलिफोनको लाइन कोटपछि कारागार सेवा विहीन भएको हो । सरकारी कार्यालय त्यसमा पनि अति संवेदनशिल क्षेत्रमा पनि सुचनाको माध्यम वन्द हुन्दा कार्यालयको दैनिक काम काजमा समस्या पदै आएको छ । कार्यालयले पटक पटक कारागार विभागमा बक्यौताको वारे जानकारी गराईएको भयता पनि त्यसको कुनै सुनुवाई नभएको जिल्ला कारगार तनहुँका प्रमुख तिर्थराज खनाल बताउनु भयो ।
वार्षिक रुपमा टेलीफोनका लागी ३० हजार रुपैया निकासा हुने गरेको भयता पनि उक्त रकमले वक्यौता तिर्न नसक्दा कारागार अहिले टेलीफोन प्रयोग विहिन भएको उहाँले बताउनु भयो । २०६६ साल देखिको क्यौता रकम र जरिवाना गरी करिव ३ लाख रुपैया पुगेको भन्दै नेपाल टेलिकमले अन्तिम पटक रकम तिर्न भनि २०६८ असार ३ गते प्रत्र पठाएको भयता पनि रकम अभावले गर्दा वक्यौता तिर्न नसकिएको कारागार प्रशासनले जनकारी दिएको छ । कारागारले केन्द्रिय विभागलाई पटक पटक २०६८ श्रवाण २२ र २०६९ कार्तिक १७ मा लिखत तथा मौखिक जानकारी गराएको भएता पनि रकम निकासा नभई विभाग संग समेत बजेट नभएको र पछि गरौला भनि जवाफ आउने गरेको कारागारका प्रमुख खनालले जनकारी दिनु भयो । ०६५–५६०१०६ नम्वरको उक्त फोन कारागार प्रशासन र सुरक्षा विभागमा समेत प्रयोग हुने भएको कारण उक्त रकम विल वापत आएको हुन सक्ने र आफु कार्यालयमा आउनु अगावै देखि बक्यैता रकम भएको खनालले जानकारी दिनु भयो । कार्यालय समयमा पनि अहिले फोन नहुदा ब्यक्तिगत मोवाईलबाट काम गर्नु परेको र फ्याक्स गर्ने बाहिर जानु परेकोकाले वढि खेप्नु परेको कारागाराले जनाएको छ । यसै विच प्रमुख जिल्ला अधिकारी शंकर प्रसाख खरेलले भने यस विषयमा आफुले जानकारी लिई तुरुन्त लाई सुचारुको लागी नेपाल टेलीकम तनहुँ शाखालाई अनुरोध गरी कारागार विभाग काठमान्डैंमा लिखित रुपमा पत्रचार गरी सकेको र छिटै सेवा सुचारु हुने वताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...