इराकमा कार बम विष्फोटबाट १५ जनाको मृत्यु

२२ कार्तिक । ईराकको राजधानी बग्दादमा भएको आत्माघाती कार बम विस्फोटमा १५ जनाको मृृत्यु भएको छ ।

विस्फोटमा परि अन्य ४५ जना घाईते भएको प्रहरीले बताएको छ । सुन्नी मुसलमानको बाहुल्यता रहेको तरमियाह शहरमा अवस्थित सैनिक क्याम्पमा आत्माघाती विस्फोट भएको हो । विष्फोटमा मृत्यु हुने मध्ये अधिकाशं सैनिक रहेका छन् । त्यस्तै छुट्टाछुट्टै हमलामा १२ जना को मृत्यु भएको थियो भने २३ जना घाईते भएका छन् ।

ईराकमा यस बर्ष मात्र श्रृङ्खलाबद्ध आक्रमणमा ७ हजार जनाको मृत्यु भईसेकेको छ । ईराकका लागि संयुक्त राष्ट्रसंघको सहायता मिसनले गत नौ महिना भित्र भएका श्रृङ्खलाबद्ध आक्रमणमा १६ हजार जना घाईते भएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...