राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२१ कार्तिक । राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष फ्रान्स र जापानका नवनियुक्त राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि फ्रान्सका राजदूत मार्टिन बसारेऊ र नेपालका लागि जापानी राजदूत मशाशी ओगावाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन । राष्ट्रपति भवन शीतल निवासमा विहीबार राष्ट्रपति यादवले दुवै नवनियुक्त राजदूतहको ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभयो । कार्यक्रममा परराष्ट्रमन्त्री माधव घिमिरे, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल लागयत परराष्ट्रका अधिकारीहरु सहभागी थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...