शीर्ष दलको गल्तीको संविधान बन्न सकेनः कमल थापा

२२ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दलको गलत नीतिका कारण अघिल्लो संविधानसभाबाट संविधान नबनेको दावि गर्नुभएको छ ।

राप्रपा नेपाल मकवानपुर क्षेत्र नम्बर ३ ले पदमपोखरीमा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष थापाले अघिल्लो संविधानसभामा ठूला दलहरुबीच धर्म निरपेक्षता, जातिय आधारमा संघियता, प्रदेशको विभाजन लगायतका विषयमा कुरा नमिलेकाले संविधान नबनेको बताउनुभयो । उहा“ले ठूला दल अहिले पनि एजेण्डाविहिन भएको आरोप लगाउनुभयो ।
अध्यक्ष थापाले चार दलिय सिण्डिकेट अन्त्यका लागि राप्रपा नेपाल नयाँ शक्तिको रुपमा उदाएको बताउनुभयो । देशको राष्ट्रिय अखण्डता जोगाउन पनि राप्रपा नेपालको नेतृत्व आवश्यक रहेको थापाको जिकिर थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...