श्रीलङ्कामा हुने राष्ट्रमण्डलीय बैठकमा भारतीय प्रधानमन्त्रीले भाग नलिने

२५ कार्तिक । श्रीलङ्का सरकारले युद्धअपराध गरेको भन्दै त्यहाँ आयोजना गरिने राष्ट्रमण्डलीय शिखर बैठकमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भाग नलिने भएका छन् ।

बैठक बहिष्कार गर्न राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा दवाब परिरहेको अवस्थामा बैठकमा भाग नलिने सरकारी उच्च अधिकारीले जानकारी दिएका छन् । सन् २००९ मा श्रीलङकाली सेनाले त्यहाँ चलेको दशकौँ लामो गृहयुद्धको अन्त्यमा तामिल नागरिकको आमहत्या गरेको आरोप लागेको छ । बैठक बहिष्कारका लागि क्यानाडेली प्रधानमन्त्री स्टेफेन हार्परले आफ्ना समकक्षी समक्ष आग्रह गरेका छन् । उता बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले भने यस बैठकमा भाग लिने र युद्ध अपराधका विषयमा अनुसन्धान हुनुपर्ने कुरामा जोड दिने बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...