इंङिलस प्रिमियर लिगः टोटनह्याम चौथौं स्थानमा उक्लियो

एजेन्सी, १८ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम चौथो स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा एभर्टनसँग गोलरहित बराबरी गर्दै अंक बाँडेपछि टोटनह्याम २० अंक सहित चौथौ स्थानमा उक्लिएको हो । १९ अंक भएको म्यान्चेटष्टर सिटी पाँचौ स्थानमा झरेको छ ।
यस्तै, गएरातिनै भएको अर्को खेलमा कार्डिफले स्वेन्सालाई १– ० ले पाखा लगाउँदै १२ औं स्थानमा उक्लिएको छ । कार्डिफका लागि स्टेभन कालुकरले दोस्रो हाफको ६२ औ मिनेटमा निर्णायक गोल गरेका थिए । जारी प्रतियोगितामा १० खेल सकिँदा २५ अंकका साथ आर्सनल शीर्ष स्थानमा छ भने चेल्सी, लिभरपुल र टोटनह्याम समान २० अंकका साथ क्रमश दोस्रो, तेस्रो र चौथौ स्थानमा रहेका छन् । ११ औं चरणको खेल आगामी शनिबारबाट सुरु हुने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...