महोत्तरीमा नक्कली बमको त्रास

२६ कार्तिक। महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मंगलबार बिहान तीन वटा बम फेला परेको छन् ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिवासको वडा नं ८ भोला वसन्त चोकमा रहेको बजार शो रुम अगाडि एउटा बम फेला परेको छ भन्ने अर्को जिल्लाको सहसौला गाविस–७ र ८ को मध्य भागमा पर्ने जलेश्वर–बर्दिवास सडकखण्डकै बीचमा दुई वटा बम फेला परेको हुन् ।
बर्दिवासमा फेला परेको बम बर्दिवासस्थित नेपाली सेनाको टोलीले डिस्पोज गर्दा सो बमसामान्य प्रकृतिको सुतली बम रहेको पाइयो ।
त्यस्तै जिल्लाको सहसौलामा फेला परेको दुईवटा बम जिल्लाको क्षेत्र नं ५ को खोपी बेस क्याम्पका नेपाली सेनाको टोलीले डिस्पोज गर्न खोज्दा दुईवटै बमजस्तो रहेको रातो कपडाले बेरिएको पोकाभित्र ढुङ्गाको स–साना कण र गेरु फेला परेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले बताउनुभयो ।

नेकपा–माओवादीले आसन्न संविधानसभाको निर्वाचन बहिष्कार गर्दै गरेको यातायात बन्दको क्रममा जिल्लावासीलाई तर्साउनका लागि शङ्कास्पद वस्तुहरू राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...