दाजु भाई नभएकाहरुले बहिनी टिका लगाए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दाजु भाई नभएकाहरुले बहिनी टिका लगाए

Share This
१९ कार्तिक । दाजु–भाई नभएकाहरुले आफ्ना दिदी–बहिनीलाई टिका लगाएर तिहार मनाएका छन् । क्याप नेपालले मंगलबार काठमाडौमा दाजु भाई नभएका ४० जना दिदी–बहिनीले सामुहिक रुपमा एक आपसमा टिका लगाएर तिहार मनाएका हुन् ।
संस्कृति अनुसार दाजु–भाईलाई नै टिका लगाउने प्रचलन भएपनि अघिल्लो वर्ष देखि क्याप नेपालले बहिनी टिका मनाउन शुरु गरेको क्याप नेपालकी अध्यक्ष हिरा दाहालले बताउनुभयो । दाजु भाई नहुँदाको न्यास्रो मेट्न बहिनी टिका मनाउँदै आएको सहभागी दिदी बहिनीहरुले बताए । कार्यक्रममा एक आपसमा टीका लगाई दिएर शुभकामना आदान प्रदान गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here