तिहारमा पनि नेपाल टेलिकमबाट सेवाहरुमा छुट
१६ कार्तिक । तिहारको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवाहरुमा छुटको व्यवस्था मिलाएको छ ।
शनिबारदेखि २३ गतेसम्मको अवधिमा सिडिएमए र जिएसएम पोष्टपेड र प्रिपेड मोवाइलमा दैनिक भ्वाइस कलमा खर्च गरेको रकममा १ देखि ५ रुपैयाँसम्म बोनस दिइने टेलिकमले जनाएको छ ।
यसअघि दशैंमा पनि टेलिकमले छुट सुविधा दिएको थियो ।
0 comments
Write Down Your Responses