नुवाकोटका तीन स्थानमा बम विस्फोट

२८ कार्तिक । नुवाकोटको हल्देकालिकामा बुधबार राति भएको बम विस्फोटमा एक जना घाईते भएका छन् ।


हल्देकालिकामा घर नजिकै अज्ञात समूहले राखेको बम विस्फोट हुंदा स्थानीयवासी शिवराम गिरी घाईते भएका प्रहरीले जनाएको छ । घाइते गिरीलाई उपचारका लागि बुधबार राति नै काठमाडौं ल्याइएको थियो । उहाँको काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
यसैबीच नुवाकोटमा गएराति पांच स्थानमा बम फेला परेकोमा तीन स्थानमा विस्फोट भएको थियो । ककनी, रातमाटे र हल्देकालिका गाविसमा फेला परेको बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...