अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट भारतले जित्यो

१७ कार्तिक । भारतले अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ ।

शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ५७ रनले हराउँदै सात एक दिवसीय क्रिकेट सिरिज तिन दुईले आफनो पक्षमा पारेको छ । बैग्लोरमा हिजो भएको खेलमा टस हारेर भारतले पहिला ब्याटिङ गरेको थियो । भारतले निर्धारित ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३ सय ८३ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले आफनो जीवनकै उत्कृष्ट पारी खेल्ने क्रममा दोहोरो शतक बनाएका थिए । उनले १ सय ५८ बलमा १६ छक्का र १२ चौकाको सहयोगमा २ सय ९ रन बनाएका थिए ।

दोहारो शतकसँगै उनी एक दिवसीय म्याचमा दोहोरो शतक बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन् । भारतका वीरेन्द्र सेहवागले २ सय १९ र सचिन तेन्दुलकरले २ अविजित २ सय रन बनाएका थिए । त्यस्तै भारतका लागि शिखर धवनले ६० र कप्तान महेन्द्र सिंह धोनीले ६२ रन बनाए । जवाफमा विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४५ दशमलव १ ओभरमा ३ सय २६ रन मात्र बनाउन सफल भयो ।
उसका लागि जेम्स फल्कनरले सर्वाधिक १ सय १६ रन बनाए भने ग्लेन म्यासवेलले ६०, ब्राड हेडिनले ४०, सेन वाट्सनले ४९ रन बनाएका थिए । भारतका लागि मोहम्मद सामी र जडेजाले तिन तिन विकेट हात पारे भने आशिवले २ विकेट लिए । खेलको म्यान अफ दि म्याच रोहित शर्मा भए भने म्यान अफ दि सिरिज पनि रोहित शर्मा नै चुनिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...