चुनाव नजिकिँदै गर्दा हिँसात्मक घटना बढ्न थाले

२६ कार्तिक । निर्वाचनको दिन नजिकिंदै जांदा नुवाकोटमा राजनीतिक दलहरुबीच हिंसात्मक घटना बढ्दै जान थालेको छ ।

मंगलबार बिहान नेपाली कांग्रेसका कार्यकर्ताले सामरीको मैवलमा घरमा सुतिरहेका एकीकृत माओवादीको कार्यकर्तामाथि आक्रमण गर्दा सात जना घाइते भएका छन् । घाइते मध्ये र्दुइ जनाको अबस्था गम्भीर रहेको छ । राति ३ बजेतिर घरमा सुतिरहेको समयमा काग्रेसका कार्यकर्ताले घरेलु हतियार सहित आक्रमण गर्दा आफ्ना जिल्ला समिति सदस्य रामेश्वर खड्का र मच्छिन्द्रनाथ खड्का सहित सात जना घाइते भएको एकीकृत नेकपा माओवादी नुवाकोटले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका रामेश्वर खड्का र मच्छिन्द्र खड्काको जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपाछि काठमाडौ लगिएको छ । घाइते भएका मच्छिन्द्र बेहास छन् भने रामेश्वरको टाउकोमा घरेलु हतियारको प्रहारबाट गहिरो चोट लागेको जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् ।


गम्भीर घाइते भएका खड्का द्वयको समारी भञ्याङका स्थानीयबासी हुन । एकीकृत नेकपा माओवादी क्षेत्र नम्बर तीनका उम्मेदवार पोष्टबहादुर बोगटीले सम्बोधन गर्ने चुनाबी सभाको तयारीको लागि एकीकृत माओवादीका कार्यकर्ताहरु हिजो साँझ सामरीको मैवलमा पुगेका पुगेका थिए । चुनावी सभाको तयारीमा रहेका आफ्नो कार्यक्रमलाई विथोल्न काग्रेसले आक्रमण गरेको भन्द एकीकृत माओवादीले काग्रेसका १५ जना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । घटनामा सलग्न रहेको आरोपमा प्रहरीले शंकास्पद १० जनालाई नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...