मतदान अधिकृतको तालिम संचालन

२० कार्तिक । निर्वाचन आयोगले मतदान केन्द्रमा खट्ने मतदान अधिकृत तथा सहायक अधिकृतहरुको तालिम सञ्चालन गरिरहेको छ ।

गत १७ गते देखि जारी तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई समुहमा विभाजन गरी दुई दिने तालिम दिइरहेको छ । आयोगले जिल्ला निर्वाचन कार्यालय मातहत सञ्चालन गरेको तालिममा एक दिन सैद्धान्तिक तथा व्यवहारिक विषय र एक दिन निर्वाचनमा हुने गतिविधीको प्रयोगात्मक तालिम दिएको छ ।

यस क्रममा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले पनि १० वटै क्षेत्र अन्तर्गतका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम सञ्चालन गरिरहेको छ । तालिमका क्रममा मतदान अधिकृतहरुलाई स्थानीयस्तरमा तालिम संचालन, राजनीतिक दलसँग समन्वय गर्न र सबै मतदान अधिकृतहरुलाई आयोगका तर्फबाट एउटै बोली बोल्न प्ररित गरिएको छ । निर्वाचनका विषयमा उठ्ने विवाद समाधान तथा निर्वाचन सहज ढंगले व्यवस्थापन गर्न तालिमका क्रममा सिकाइएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मात्र सात सय ४२ स्थायी र २९ अस्थायी केन्द्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी करिव १६ सय कर्मचारिलाई तालिम दिने छ । निर्वाचन अधिकृतहरुको तालिम आगामी २७ गतेसम्म सम्पन्न हुने आयोगले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...