क्यूबामा सिनेमाहलहरु बन्द गराउने सरकारी कदम

१८ कार्तिक । क्यूबामा निजी सिनेमाघर र भिडीयो गेम खेलाइने पार्लरहरु बन्द गरिने भएको छ । सरकारले देशमा स्वतन्त्र कारोबार प्रबद्र्धनलाई व्यबस्थित गर्न जरुरी भएकोले यो कदम चालेको बताएको छ । सत्तामा रहेको साम्यबादी सरकारले केही समय पहिले मात्र निजी क्षेत्रमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो ।

तर सरकारका अनुसार क्यूवाका केही उद्यमीहरुले आफनो अनुमति पत्रको दुरुपयोग गर्दै निजी सिनेमाघर र मनोरन्जन पार्लरहरु खोलेको जनाएको छ । निजी क्षेत्रमा अनुशासन ल्याउन क्यूवा सरकारले यस्तो घोषणा गरेको सरकारी अखबार यानले जनाएको छ । यो कानून उल्लंघन गर्ने माथि कडा कारबाही हुने चेतावनी पनि सरकारले दिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...