नयाँ विकल्पको रुपमा राप्रपा आएको होः थापा

२४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी नयाँ विकल्पको रुपमा आएको बताउनुभएको छ ।

राप्रापा नेपालले आइतबार काठमाडौंको कालिमाटीमा गरेको चुनावी कार्यक्रममा अध्यक्ष थापाले २०६४ सालपछि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले जनताको विश्वास गुमाउँदै आएकाले आप्mनो पार्टी नयाँ विकल्पको रुपमा आएको बताउनुभयो । अध्यक्ष थापाले मंसिर चारको संविधानसभा चुनावबाट नै यसबारेमा टुंगो लाग्ने बताउनुभयो । अध्यक्ष थापाले मुलुकमा वैदेशिक हस्तक्षेप बढेकाले प्रजातन्त्र कमजोर हुदै गएकोसमेत बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...