राहत वितरणका क्रममा फिलिपिन्समा आठजनाको मृत्यु

२८ कार्तिक । फिलिपिन्समा हालै आएको आँधीमा परी विस्थापित भएकाहरुलाई राहत वितरण गर्ने क्रममा ८ जनाको मृत्यु भएको छ । राहतका रुपमा बाँडिएको चामल लिने क्रममा पर्खाल भत्कँदा उनीहरुको मृत्यु भएको हो । फिलिपिन्समा आएको हायान आँधीमा परी दशौं लाख व्यक्ति विस्थापित भएका छन् ।

विस्थापितले खाद्यान्न, खानेपानी र औषधि नपाउँदा स्थिति विकराल अवस्था सृजना भएको छ । राहत वितरण गर्नेक्रममा गोलीसमेत प्रहार भएको खबर छ । प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग पुग्न भने शुरु भएको छ । अन्तर्राष्ट्रिय रेडक्रसदेखि अन्तर्राष्ट्रिय नियोगहरु सहयोग प्याकेज बोकेर फिलिपिन्स पुगेका छन् । सिंगापुर र बेल्जियमबाट चिकित्सकीय सहयोग राहत टोली पुगेको छ भने अमेरिकी सेना पनि उद्धारमा जुटेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...