बैद्यले जनाधिकारको प्रयोग रोग्न सक्दैनन्ः महतो

२८ कार्तिक । नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेद्वार राजेन्द्र महतोले वैद्य नेतृत्वको चुनाव विरोधी कार्यक्रमले जनतालाई आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित गर्न नसक्ने बताएका छन् ।

सर्लाहीमा निर्वाचन अभियानका क्रममा महतोले संविधानसभाको चुनाव मात्रै राजनीतिक निकासको विकल्प रहेकाले यसलाई कुनै पनि शक्तिले रोक्न नसक्ने दावी गर्नुभयो ।
उहाँले आफ्नो पार्टी २२ वर्ष पुरानो पार्टी भएकाले अबको निर्वाचनमा आफ्नै पार्टीले जित्ने दावी पनि गर्नुभयो । यस्तै, पार्टी विभाजनले मधेशको अस्तित्व खतरामा परेको भन्दै उनले फुटेका पार्टीहरुको कुनै अस्तित्व नरहेको र उनीहरुको चुनावमा पनि कुनै भुमिका नरहेने बताउनुभयो ।
निर्वाचन प्रचारप्रसारका क्रममा सदरमुकाम मलंवामा रहेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेद्वार महेन्द्र राय यादवले पार्टी विभाजनले मधेशीहरुमा नकारात्मक सन्देश गएपनि आफ्नो पार्टी फुटर फेरि एकतामा गएकाले मधेशीहरुले अबको निर्वाचनमा आफ्नो पार्टीलाई विश्वास गर्ने दावी गर्नुभयो।
साथै, पिछडीएका जातीहरुको उत्थानका लागि आफ्नो पार्टी सधै अग्रसर रहेने पनि उनले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...