सभापति कोइराला चुनावी घरदैलो अभियानमा

१५ कार्तिक । नेपाली काँग्रेसका सभापति सुशील कोइराला विहिबार गृह जिल्ला बांके पुगे लगत्तै आफ्नो चुनावी घरदैलोमा जुट्नुभएको छ ।

विहिबार गृह नगर आएलगत्तै विपीचौकमा आयोजित चुनावी कोणसभालाई सम्वोधन गरे पछि सभापति कोइरालाले क्षेत्र नम्वर तीनमा घरदैलो अभियान सुरु गर्नुभएको हो । संयौ कार्यकर्ताकासाथ सभापति कोईरालाले आप्mनो निर्वाचन क्षेत्रमा पर्ने बेलहरीका ४ वटै गाउ“मा घरदैलो अभियान गर्नुभयो । शुक्रबार सभापति कोइरालाले नेपालगन्ज नगरपालिका वडा नं. १६ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहांले नेपाली कांग्रेसले संविधान सभाको चुनावमा अत्याधिक मतले विजयी हुने दाबी गर्नुभयो । चुनाव पराजित हुने भयले एनेकपा माओवादी हिंसामा उत्रिएको आरोप लगाउनुभयो ।
त्यसैगरी उहाँले क्षेत्र नं. ३ को खजुरा खुर्द र नेपालगन्ज वडा नं. ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...