सरकारी निर्देशनको पालना हुन सकेन

२० कार्तिक । धनकुटामा संबिधानसभा निर्बाचनलाई लक्षित गरी सरकारले हतियार बुझाउन दिएको निर्देशनको पालना हुन सकेको छैन ।

संविधानसभा चुनाव आउँन दुई सातामात्रै बाँकी रहदासमेत स्थानीयले राखेका हतियार अझै प्रहरीलाई कसेले पनि बुझाएका छैनन । सम्भाबित जोखिमलाई मध्यनजर गर्दै सरकारले हतियार संकलन अभियान चलाएपनि जिल्लाका बैध हतियारहरु प्रहरी सम्पर्क भन्दा बाहिर रहेका हुन । धनकुटामा २२ थान हतियार दर्तावाला छन । पटक पटक सुचना जारी गरेर हतियार बुझाउँन आग्रह गर्दापनि हतियार धनीले अटेर गरेकाले बोकेको पाए अबैध हतियार प्रयोग गरे सरह कारबाही गरिने प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार धनकुटामा धनकुटामा १२ थान १२ बोरे जोरनाले बन्दुक, सात थान १२ बोरे एकनाले बन्दुक, दुई थाना भरुवा बन्दुक र एक थान २२ बोरे एकनाले बन्दुक दर्तारहेका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...