चुनाव निष्पक्ष बनाउन मतदाता परिचयपत्र वितरर्ण गर्नु आवश्यकः सिंह

२१ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले चुनावलाई निष्पक्ष बनाउन निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई मतदाता परिचयपत्र वितरण गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौमा विहीबार भएको चुनावी अन्र्तक्रियालाई सम्वोधन गर्दै महामन्त्री सिंहले मतदाता परिचयपत्र वितरण गर्न नसके चुनावमा धाँदली हुन सक्ने आशंका व्यक्त गर्नु भयो । महामन्त्री सिंहले प्रयाप्त समय हुँदा पनि निर्वाचन आयोगले परिचयपत्र वितरण गर्न नसक्नु असक्षमता भएको भन्दै कसैको दवावमा परिचयपत्र वितरण नगरे आयोगको विश्वसनियता माथि प्रश्न उठ्ने बताउनुभयो ।
महामन्त्री सिंहले नेकपा–माओवादी नेतृत्वको मोर्चाले आव्हान गरेको हड्ताललाई निष्तेज पारेर मतदातालाई निर्भयका साथ मतदान गर्ने वातावरण बनाउनु सरकारको जिम्मेवारी भएको बताउनुभयो । नेपाली कांग्रेस बहुपहिचानसहितको संघीयताको पक्षमा अडिक रहेको भन्दै महामन्त्री सिंहले एकल जातीय पहिचानले समाजिक सद्भाव विग्रने दावी गर्नुभयो । उहाँले अघिल्लो संविधानसभामा माओवादीले एक पछि अर्को गैरप्रजातान्त्रिक प्रस्ताव ल्याएकै कारण संविधान बन्न नसकेको आरोप लगाउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...