रेलले किचेर भारतमा आठ जनाको मृत्यु

१७ कार्तिक । भारतको आन्ध्रप्रदेशमा रेलमार्गको ट्रयाक काट्ने क्रममा रेलले किच्दा आठ जनाको मृत्यु भएको छ ।

आफूले यात्रा गरेको रेलबाट ओर्लेर ट्रयाक काट्ने क्रममा द्रूत गतिमा आएको अर्को रेलले किच्दा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत अगस्टमा पनि तीर्थयात्रामा निस्केका ३५ जनाको बिहारमा रेलमार्गको ट्रयाक काट्ने क्रममा मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...