एमाओवादी मात्र अस्तित्वमा रहेको दाहालको दाबी

१७ कार्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा आफ्नो पार्टी मात्र अस्तित्वमा रहेको दाबी गर्नुभएको छ ।

एकीकृत नेकपा माओवादी काठमाडौ क्षेत्र नम्बर–५ ले आइतबार महाराजगञ्जमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले अस्तित्व गुमाएकाले एकीकृत माओवादी मात्र अस्तित्वमा रहेको दाबी गर्नुभएको हो । वीपी कोइरालाले राजासँग सम्झौता गरेपछि र नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको निधनसँगै दुवै पार्टीले अस्तित्व गुमाएको दाबी गर्दै उहाँले जसका कारण माओवादी पार्टीको जन्म भएको जिकीर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफू हारिने निश्चित भएपछि अन्य दलका उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान डराएको आरोप लगाउनुभयो । उहाँले देशभर एकीकृत माओवादीको पक्षमा जनलहर देखिएकाले आफ्नो पार्टीको जित सुनिश्चत रहेको दाबी दोहो¥याउनुभयो । अध्यक्ष प्रचण्ड एकीकृत नेकपा माओवादीका तर्फका काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार महेन्द्र श्रेष्ठलाई सघाउन महाराजगञ्ज पुग्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...