एमाओवादीमा अझै हतियारको दम्भ बाँकी छः नेता पराजुली

२४ कार्तिक । नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले गलत अभिष्टका कारण एकीकृत माओवादी जनताबाट बहिस्कृत हुँदै गएको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरको चुनावी अभियान अन्तर्गत क्षेत्र नम्बर १ को हर्नामाडीमा भएको चुनावी सभामा बोल्दै नेता पराजुलीले एकीकृत माओवादीमा अझै हतियारको दम्भ बाँकी रहेको आरोप लगाउनभयो । उहाँले हतियारले राजनीति गर्न खोज्ने एकीकृत माओवादीको अभिष्ट पूरा नहुँदा संविधानसभाबाट संविधान नबनेको दाबी गर्नुभयो । नेता पराजुलीले कांग्रेसको पनि केही कमजोरी रहेको बताउँदै अघिल्लो संविधानसभाबाट ठूलो पार्टी बनाइएको एकीकृत माओवादी नसच्चिए जनताले पाखा लगाउने दाबी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...