रुकुमका चुनावी सभास्थल नजिक बम फेला

२० कार्तिक । रुकुममा एकीकृत नेकपा माओबादीले आयोजना गरेको चुनावी सभास्थलनजिक बम फेला परेको छ ।

जिल्लाको क्षेत्र नंम्बर २ का उम्मेदवार जनार्दन शर्माले सम्बोधन गर्ने बाफीकोट १ नेटाबजारको चुनावीसभा नजिकै बम फेला परेको हो ।
बाँफिकोटमा हुन लागेको एकिकृत माओबादीको सभास्थल नजिक बुधबार बिहान बम फेला परेको प्रहरीले जनाएको छ । बमसदरमुकाम बाट गएको नेपाली सेनाको दि फेमश महिन्द्र दल गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । एनेकपा माओबादीले भने उक्त बम बैद्य माओवादीले राखेको आरोप लगाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...