प्रहरी धरपकडको विरोधमा साउदी अरबमा २ जनाको मृत्यु

२५ कार्तिक । साउदी अरबको रियादमा प्रहरी धरपकडको विरोधमा गैरकानुनी रुपमा बसेका कामदारहरुले तोडफोड सुरु गरेपछि २ जनाको ज्यान गएको छ ।

प्रदर्शनमा ७८ जना भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले त्यस क्षेत्रबाट दर्जनौं गैर कानुनी विदेशी कामदारलाई नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडको विरोधमा गैर कानुनी कामदारहरुले हानेको ढुंगाले घाईते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । दर्जनौं कार र पसलहरु तोडफोड भएका छन् । साँझ सडकमा निस्किएका गैह्र कानुनी प्रदर्शनकारीले चक्कु बोकेर प्रहरी, स्थानीय र पैदलयात्रुहरुलाई धम्क्याएका थिए । दंगा प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका थिए । प्रदर्शनकारीमध्ये अधिकांश अफ्रीकी मूलका र इथोपियाका भएको प्रहरीले जनाएको छ । सरकारले दिएको आममाफीको सजाँयको समय सिमा सकिएपछि प्रहरीले गैर कानुनी रुपमा बसेका बिदेशी कामदारमाथि धरपडक सुरु गर्दा हिंसा भड्किएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...