तिहारको महत्वपूर्ण दिन मंगलबार भाइटीका

१९ कार्तिक । तिहारको महत्वपूर्ण दिन मंगलबार भाइटीका ।

दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायुको कामना गर्ने गर्छन् । यमपञ्चक पनि भनिने तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मिठाइ, भोजन खुवाउने र दाजुभाइले क्षमताअनुसार दक्षिणा र उपहार दिने परम्परा छ । पौराणिक कथाअनुसार यमराज बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी उनको घर गएको र बहिनी यमुनाले दाजु यमराजलाई स्नान गराई अनेक व्यञ्जनको भोजन गराएकी थिइन् ।

बहिनीको प्रेम र स्नेहबाट प्रसन्न भई यमराजले बहिनीको हातबाट टिका लगाई भोजन ग्रहण गरे मृत्युको भय नहुने वरदान दिएका थिए । यसैदिनको सम्झनामा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर मिष्ठान्न भोजन गराउने गर्छन् ।

दिदीबहिनीले लगाइदिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र नीलो निरोगिताको प्रतीक मानिन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको भाइटीकाको शुभसाइत विहान ११ बजेर २७ मिनेटमा रहेपनि दिनभर टिका लगाउन सकिने जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...