विमानस्थल बन्द हुँदा सर्वसाधारण मर्कामा

१७ भदौ । रुकुमका दुईवटै विमानस्थलमा लामो समयदेखि हवाईसेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

सल्ले र चौरजहारी विमानस्थलमा लामो समयदेखि हवाई उडान बन्द भएपछि विरामी र अत्यावाश्यक कामका लागि बाहिर जानुपर्नेहरुलाई बढी मर्का परेको छ । कालोपत्रे गर्ने बहानामा सात महिनादेखि सल्ले विमानस्थल र जहाज नभएको भन्दै दुई महिनादेखि चौरजहारी विमानस्थलमा हवाई उडान बन्द भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...