फिलिपिन्सको आँधी भियतनाम प्रवेश

२५ कार्तिक । फिलिपिन्समा तबाही मच्चाएको शक्तिशाली समुद्री आँधी हेईयान छिमेकी राष्ट्र भियतनाम प्रवेश गरेको छ ।

उत्तरी भियतनामको चीनसँग सिमा जोडीएका तटीय शहरहरुमा आँधी प्रवेश गरेको बताईएको छ । १ सय ५७ किलोमिटर प्रतिघण्टाको बेगमा हुईकीरहेको आँधीले भियतनामको पर्यटकीय क्षेत्र हा लङ बे मा ६ जनाको ज्यान लिएको छ ।

आँधीको खतरामा रहेका झण्डै ६ लाख जनतालाई सुरक्षित स्थानतर्फ सारीएको छ । यसयघि फिलिपिन्समा झण्डै १० हजार व्यक्तिको ज्यान लिईसकेको वर्षकै शक्तिशाली हेईयान आँधी भियतनाम हुँदै चीनसम्म पुग्नसक्ने अनुमान गरीएको छ । आँधीले अपेक्षा गरेभन्दा फरक बाटो लिएपछि चीनको हैनान टापु, ग्वाङ्डङ र ग्वान्सी लगायतका शहरहरुमा आँधीको चेतावनी दिईएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...