दलहरुबाट चुनावी प्रचारलाई तीब्रता

२३ कार्तिक । चुनाव नजिकिदै जादा चुनावमा सहभागी दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

देशैभरि चुनावी माहौल बढीरहेको बेला उपत्यकामा पनि दलहरुले मतदातालाई आफ्नो पक्षमा तान्न चुनावी प्रचार तिव्र बनाएका हुन् । चुनाव प्रचार अभियान अन्र्तगत नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं।१० ले आज किर्तिपुरमा ¥याली गरेको छ । निर्वाचन क्षेत्र नं। १० मा नेपाली कांग्रेसका उम्मेद्वार राजन केसीले संविधानसभावाटै लोकतान्त्रिक संविधान जारी गर्न कांग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभयो । अघिल्लो संविधानसभावाट संविधान जारी हुन नसक्नु दुःखद् भएको भन्र्दै नेता केसीले आगामी चुनावमा लोकतान्त्रिक शक्ति विजयी भए एक वर्षभित्रै संविधान जारी हुने दावी गर्नुभयो ।
नेता केसीले विभिन्न कारणले अघिल्लो संविधानसभाको चुनाव निस्पक्ष नभएको भन्दै जनतामा आएको जागरुकताले आगामी चुनाव निष्पक्ष हुने दावी गर्नुभयो । किर्तिपुर नयाँवजारवाट शुरु भएको ¥यालीले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । यस्तै,नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं।९ ले आज पनि चुनावी घरदैलो प्रचारलाई निरन्तरता दिएको छ । कलंकी चोकवाट शुरु भएको घरदैलो विभिन्न गाविसका गएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...