धादिङमा भेटिएको बम सेनाबाट निष्क्रिय पारियो

२६ कार्तिक । धादिङको सदरमुकाम धादिङवेशीको पुछार बजारमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

धादिङबेसीबाट आरुघाटतर्फ जान लागेका विदेशी पर्यटकले मुरलीभञ्ज्याङ गाविस–३ स्थित हनुमान मन्दिर नजिक सडकमा ग्यास सिलिन्डरसहितको शङ्कास्पद वस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त बस्तु बम भएको हुनसक्ने अनुमान गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोल घटनास्थल पुगेर उक्त शंकास्पद बस्तु निष्क्रिय पारेको हो ।
उक्त बम कसले राखेको हो भन्नेबारे केही खुल्न सकेको छैन । निष्क्रिय बनाइएको बम ठूलो आवाजसहित पड्केको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...