काँग्रेसले मात्रै लोकतान्त्रिक संविधान बनाउँछः थापा

२२ कार्तिक । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो पार्टीले मात्र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्नसक्ने दाबी गर्नुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ४ मा आज चुनावी प्रचारका क्रममा नेता थापाले आगामी चुनावमा कांग्रेस विजयी भएमात्र लोकतान्त्रिक संविधान बन्ने बताउनुभएको हो । कांग्रेसको पराजयकै कारण अघिल्लो संविधानसभा संविधान नबनाई विघटन भएको समेत उहाँको जिकीर छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–४ का प्रत्यक्ष र समानुपातिक उम्मेदवारले आज चावहिल, गणेस्थान, चुच्चेपाटी क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...