चुनाव बहिष्कार गर्नेलाई जनताले बहिष्कार गर्छन्ः प्रचण्ड

१५ कार्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव बहिस्कार गर्नेलाई जनताले नै बहिस्कार गर्ने बताउनुभएको छ ।

तनहुँ सदरमुकाम दमौलीमा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आमजनताले चुनाव चाहेकाले बहिष्कार गर्नेहरु जनताबाटै बहिष्कृत हुने बताउनुभयो । उहाँले जनताले फेरि एकपटक देशको जिम्मा एकीकृत माओवादीलाई दिन चाहेकाले आफ्नो पार्टीले यसपटक स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभयो ।
उहाँले देश बचाउन पनि एकीकृत माओवादीको बहुमत आउन जरुरी रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले संविधानको ८० प्रतिशत काम सकिएकाले चुनाव भएको ६ महिनाभित्रै संविधानको मस्यौदा जारी गरी एक वर्षभित्र नयाँ संविधान दिने दाबी गर्नुभयो । यसअघि अध्यक्ष प्रचण्ड तनहुँ आउने भएपछि ३३ दलीय मोर्चाले तनहुँ जिल्ला बन्द आव्हान गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...