मध्यान्हबाट छिटफुट गाडी चले

२५ कार्तिक । नेकपा माओवादी सहित ३३ दलीय मोर्चाले गरेको नेपाल वन्द कारण काठमाडौ उपत्यकमा विहानै देखि कुनै सवारी साधन नचलेपनि मध्यान्हबाट भने सडकमा फाट्फुट्ट भाडाका सावरीसाधन चलेका छन् ।

काठमाडौँका कोटेश्वर, बानेश्वर, चक्रपथमा दिउँसोबाट भाडाका सावारी साधान चल्न थालेका थिए । विगतका वन्दमा वन्दकर्ताहरुले चोक चोकमा वसेर सवारी साधन आवागमनमा अवरोध गर्थे । तर, सोमबारको बन्दमा वन्दकर्ताहरुको त्यस्तो उपस्थिती भने भएको थिएन । टेम्पो, साझा, मिनी वस फाट्टफुट् चलेका थिए । नेकपा माओवादी सहित ३३ दलीय मोर्चाले संविधानसभा चुनावको विरोध गदै आमहट्तालको गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...