विद्रोहीको कब्जामा रहेको तीन शहर सिरिया सरकारीको नियन्त्रणमा

२२ कार्तिक । सिरियाली सुरक्षा फौजले राजधानी दमास्कस नजिक विद्रोहीको कब्जामा रहेका तीन सहरलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सुरक्षा फौजले अल सविनह अल कुबरा, अल सविह अल सुघरह र घजल सहरलाई आफ्नो नियन्त्रणमा लिएको हो । यसअघि ती सहर विद्रोहीको विशेष पकडमा रहेका थिए । त्यस क्षेत्रमा नौ दिन लामो सैन्य कारबाहीपछि सहरलाई सुरक्षा फौजले आफ्नो नियन्त्रणमा लिन सफल भएको हो । यसअघि सिरियाली सुरक्षा फौजले हुस्सायह, जियावेयह र बेउडा सहर पनि आफनो नियन्त्रणमा लिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...