चुनाव कुनै पनि हालतमा सर्दैन: पौडेल

१७ कार्तिक । नेपाली कांग्रेसका उपसभापति एवं तनहुँ क्षेत्र नंम्वर २ का उम्मेद्वार रामचन्द्र पौडेलले मंसिर ४ को संविधान सभा चुनाव कुनै पनि हालतमा नसर्ने वताउनु भएको छ ।

प्रेस युनियन तनहुँले आइतबार दमौलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले चुनाव नसर्ने ठोकुवा गर्नु भएको हो । चुनाव सार्ने विषयमा कांग्रेस सहमत हुनै नसक्ने उहाँले बताउनु भयो । राष्ट्रिय सुरक्षा परिषद सचिवालयले सवैलाई मान्य हुने गरी समधान खोज्ने गरी अगाडी वढ्न सरकारलाई दिएको सुझावका बारेमा बोल्दै नेता पौडेलले सवैलाई मान्य हुने समधान भनेकै निर्वाचन भएको बताउनु भयो ।

चुनाव प्रचारका क्रममा भएको आक्रमणका बारेमा पत्रकारले राखेको जिज्ञाँसामा नेकपा–माओवादीले आक्रमण गरेको आप्mनो अनुमान रहेको बताउँदै, अहिलेसम्म पनि आक्रमणको जिम्मा नलिनुले आक्रमणकारीको द्वैध चरित्र र्छलङ्ग भएको नेता पौडेलले बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...