यातायात बन्दको प्रभाव घट्दो, सहज रुपमा गाडी चल्न थाले

२७ कार्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले यातायात बन्द गरे पनि बन्दको अवज्ञा देशभर सुरु भएको छ ।

चक्काजामको तेस्रो दिन आज सडकमा हिजोको तुलनामा बढी नै सवारी गुडिरहेका छन् । राजधानीका अधिकांश भागमा बस, माइक्रो बस, टेम्पो, साझा बस, मोटरसाइकललागायत निजी गाडी पर्याप्त मात्रमा चलिरहेका छन् ।

काठमाडौबाट बाहिरीने सवारी साधनहरु पनि सुरक्षाकर्मीको स्कर्टिङमा चलाइएको महानगरीय प्रहरी प्रभाग काठमाडौले जनाएको छ । सडकमा बाक्लै सुरक्षाकर्मीको उपस्थिति रहेको छ । चक्काजाम आयोजना गर्ने मोर्चका कुनै पनि कार्यकर्ता सडकमा देखिएका छैनन् । सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि सर्वसाधारणलाई केही राहत मिलेको छ । अप्रिय घटना नहोस् भनेर राजधानीका सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राजधानीबाट बाहिर जाने र आउने सवारी साधन पनि सञ्चालन भएको र राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

यसैबीच सरकारले बन्दमा चलाएका सवारीको क्षतिपूर्ति र सुरक्षा दिने बताएपछि यातायात व्यवसायी र मजदुरहरु पनि उत्साहित भएका छन् । यातायात व्यवसायीले सरकारले दिने भनेको क्षतिपूर्ति बढाउनुपर्ने, कुनै घटना भएको अवस्थामा गाडीका मजदूरलाई पनि क्षतिपूर्ति दिनुपर्नेलगायतका मागमा यातायात व्यवसायी र मन्त्रालयबीच सहमतिमा भएपछि यातायात व्यवसायीहरू सवारी सधान चलाउन सहमत भएका हुन्।

बन्दको बेला चलेको गाडीमा क्षति भएमा तत्काल क्षतिको रकम बढाएर सरकारले ५० हजार रुपैयाँ तत्काल उपलव्ध गराउने घोषणा गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...