कोइलाखानीमा भएको विष्फोटमा परी ७ जनाको मृत्यु

१७ कार्तिक । चीनको दक्षिण–पश्चिम प्रान्त ग्वाङ्झी प्रान्तस्थित एक कोइलाखानीमा भएको विस्फोटमा सात जना कामदारको मृत्यु भएको छ ।

४३ जना कामदारको भने सकुशल उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । विष्फोटको समयमा कोइलाखानीमा ५० जना कामदार रहेको बताइएको छ । चीनमा शनिबार बिहान पनि एक पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...