संविधानसभाको निर्वाचन सफल हुन्छः रेग्मी

१८ कार्तिक । मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन सफल हुने बताएका छन् ।

नेपाल सम्बत् ११३४ को अवसरमा नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको मध्यपुरथिमिको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा बोल्दै उनले जनातालाई भ्रममा नपरी चुनावमा सामेल हुन आग्रह गरे ।


निर्वाचनमा सहभागि हुन विभिन्न राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, तथा जनसमुदाय उत्साहित भईरहेकोले सबैलाई आत्माविश्वास र धैर्यका साथ निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...